डिन नियुक्तीको विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं, ९ मंसिर,। चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीन नियुक्तिपछिको विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन भएको छ । आइओएमको डीन विवाद समाधान गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय समिति गठन गरेको हो । डीन नियुक्तीको विवाद समाधान गर्न त्रिभुवन विश्वविद्यालयले आइओएमका पूर्व डीन रमेशकान्त अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
डीन नियुक्तीको विषयमा बारम्बार भइरहने बहस र विवादको स्थायी समाधान तथा आइओम लगायत त्रिभुवन विश्वविद्यालयको समग्र विकासका लागि विश्वविद्यालयले चाल्नुपर्ने कदमका बारेमा समितिले प्रतिवेदन दिने विश्वविद्यालयका प्रवक्ता भोलाप्रसाद ढकालले जानकारी दिए । त्यही प्रतिवेदनका आधारमा विश्वविद्यालय अघि बढ्ने उनको भनाइ छ । वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने माग सहित डाक्टर गोबिन्द केसीले त्यसको विरोध गरिरहेका छन् ।