अमेरिकी डलर रु. १ सय १० पुग्यो
काठमाडौं, ९ मंसिर । अमेरिकी डलरको भाउ बढेर आज करिब १ सय १० रुपैयाँ पुगेको छ । डलर बढेसँगै आज नेपाली रुपैयाँ अत्यन्त कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ९० पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ९ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । यसअघि हिजो डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ३८ पैसा तथा खरिदर मूल्य १ सय ८ रुपैयाँ ७८ पैसा थियो ।
अमेरिकी डलरको भाउ वढ्दा विदेशमा काम गर्नेलाई नेपाल पैसा पठाउँदा फाइदा हुन्छ भने नेपाली बस्तु तथा सेवा निर्यात गर्नेको पनि आम्दानी बृद्धि हुन्छ । त्यस्तै, पर्यटन आयमा सुधार आउँछ । तर, डरले बढ्नाले हामीलाई हुने घाटामा अधिकांश बस्तु तथा सेवा आयात गरेर ल्याइने भएकाले तिनको भाउ वढ्छ, सरकारको विदेशी ऋणको भार वढ्छ, डलरमो भुक्तानी दिनु पर्ने नेपालमा सञ्चालित विद्यूत् आयोजनामा लागत वढी पर्छ र विदेश पढ्न, घुम्न तथा औषधि उपचार गर्न जानेलाई महँगो पर्छ ।