रोल्पाका किसानहरु सुन्तलाको उचित बजार नपाउँदा निरास
रोल्पा, ९ मंसिर । सुन्तलाको सिजन हो यो समय तर पनि राम्रो सुन्तला उत्पादन पश्चात बजार नपाउँदा रोल्पाका किसानहरुमा निरासा छाएको छ । सुन्तला उत्पादन स्थानबाट घन्र्टौ पैदल यात्रा हिँडेर सदरमुकामसम्म पुग्दा समेत बजार नपाउँदा उनीहरुमा निरासा छाएको हो ।
वाइगाउका एक किसानले आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्ने त्यसमाथि दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा गर्दै मुस्किलले दैनिक एक हजार रुपैयाँको सुन्तला बिक्री हुने बताए । त्यस्तै तित्रिकोटका अर्का किसान भन्छन् गाउँमै सुन्तला सङ्कलन केन्द्र स्थापना भए सुन्तलाको सिजनका साथै अन्य समयमा समेत बजार पाउनुका साथै आम्दनी समेत उचित मिल्ने थियो भन्दै असुन्तष्टि पोख्छन् ।
सुन्तला उत्पादन राम्रो भए पश्चात डोकोभरि सुन्तला बोक्दै यतिबेला रोल्पाका किसानहरु बजार पुग्ने गरेका छन् भने आम्दानीकै आशमा महिलाहरु समेत घर धन्दा छाडी डोको भरि सुन्तला बोकेर बजार पुग्ने गरेका छन् तर पनि बजारसम्म पु¥याएको सुन्तलाले भने उचित मूल्य नपाउँदा उनीहरुमा निरासा छाएको छ । रोल्पा सदरमुकाम आसपास धवाङ, तित्रिकोट, वाइगाउँलगायतबाट यतिबेला सदरमुकाममा सुन्तला भित्र्ने गरेको छ भने किसानहरुले कार्तिकदेखि चैतसम्म सदरमुकाममा सुन्तला बिक्री गर्ने गर्दछन् ।
जिल्ला कृषि विकास कार्यालय रोल्पाका अनुसार सुन्तला सङ्कलन केन्द्रको आवश्यकता महसुस गरी निश्चित स्थानमा सङ्कलन केन्द्र स्थापना गर्न सकिन जानकारी दिन्छ । सुन्तलालाई लामो समयसम्म टिकाइ राख्न सुन्तला उत्पादक किसानलाई क्यारेटसमेत वितरण गर्ने योजना रहेको कार्यालयले जानकारी दिएको छ ।