करिनाले नजन्मिँदै बच्चालाई कपडा किनिन्
एजेन्सी, ९ मंसिर । गर्भावस्थाको अन्तिम समयमा अधिकांश महिलाले स्वास्थ परीक्षण गर्न मन पराउँछन् । तर, बलिउड अभिनेत्री यसको ठीक विपरीत निस्किइन् । उनले केही दिनअघिसम्म पनि फिल्म सुटिङ मात्र गरिनन, अब हुने बच्चाका लागि सपिङ गर्न बजार पनि पुगिन् ।
त्यसो त करिनाले अरू महिलाजस्तो यस समयमा पनि आरामचाहिँ गरेकी छैनन् । केहीअघि उनी फोटोसुटका लागि मात्र गइनन, साथीहरूसँगको भेटघाटलाई पनि बाक्लो बनाएकी छिन् । केही दिनअघि मात्र उनी मलाइका अरोडालाई भेट्न गएकी थिइन् । केही दिनयता सामाजिक सञ्जालमा करिनाको एउटा फोटो भाइरल भइरहेको छ । फोटोमा करिना मुम्बईको कुनै एउटा स्टोरमा बसिरहेकी देखिन्छिन् । त्यही फोटोलाई आधार बनाएर उनले बच्चाका लागि सपिङ गर्न गएको अनुमान गरिएको छ । सैफ अलि खानसँग १६ अक्टोबर २०१२ मा विवाह गरेकी करिनाको डिसेम्बरमा पहिलो बच्चा ‘एक्स्पेक्ट’ गरिएको छ ।