म्यानचेस्टर सिटी अन्तिम १६ मा
एजेन्सी, ९ मंसिर । जर्मनी क्लब बोरुसिया मोन्चेनग्लाडबाचलाई १–१ गोलको बराबरीमा रोकेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छ् ।
गएरातिको खेलमा जर्मनी क्लबका लागि २३ मिनेटमा राफायलले गोलको अग्रता दिलाएका थिए । सिटीका लागि डेभिड सिल्भाले पहिलो हाफको निर्धारित समयपछि थप गरिएको एक मिनेटमा गोल गरी बराबरमा टुंग्गिएको हो ।
दोस्रो हाफपछि खेल तनावपूर्ण बन्यो । घरेलु टोलीका कप्तान लार्स स्टिन्डल दोहोरो पहेँलो कार्ड पाएर ५१ मिनेटमा मैदान छोड्न बाध्य भए । यसको १२ मिनेटपछि नै ६३ मिनेटमा सिटीका फर्ना्न्डिन्हो पनि राफायलको टिसर्ट तानेको आरोपमा दोहोरो कार्ड खान पुगेपछि मैदानबाट बाहिरिनु पर्यो ।
समूह ‘सी’ मा बार्सिलोना १२ अंकका साथ शीर्षस्थानमा रहेर अघिल्लो चरणमा प्रवेश गरेको छ भने सिटी ८ अंकका साथ दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको हो ।