वायर्न म्युनिख स्तब्ध
एजेन्सी, ९ मंसिर । प्रिमियर लिग क्लब रोस्तोभले माइनस ४ डिग्रीमा खेलिएको खेलमा पाँच पल्टको च्याम्यिन्स लिग विजेता जर्मनीको वायर्न म्युनिख क्लबलाई ३–२ गोलले पराजित गर्दै स्तब्ध तुल्याएको छ ।
रुसको फुटबल इतिहासमा कुनै रुसी क्लबले बुन्डेसलिगा क्लबलाई च्याम्पियन्स लिगमा हराएको यो पहिलो अवसर हो । हिजो रोस्तोभको घरेलु मैदानमा क्रिस्चियन नोबोआले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई विजय दिलाए ।
यो नतिजापछि समूह ‘डी’ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडपछि दोस्रो हुँदै वायर्न अन्तिम १६ मा प्रवेश गरेको छ । बुन्डेसलिगा विजेता क्लबले नकआउट चरणमा इङ्लिस क्लब लेस्टर सिटीसँग सम्भावित भिड्न्त गर्नु पर्ने देखिन्छ ।
वायर्नका लागि डगलस कोस्टाले ३६ मिनेटमा अग्रता दिलाएका थिए । चोटका कारण आफ्नो डिफेन्डर जेरोम बोएटिङलाई गुमाएको वायर्न्विरूद्ध ४४ मिनेटमा एजमोनले बराबरी गोल गरेका थिए ।
दोस्रो हाफको ४९ मिनेटमा रोस्तोभले पेनाल्टीको अवसर पाएको थियो । जसलाई पोलोजले गोलमा परिणत गरे । ५२ मिनेटमा वायर्नका लागि बेमाटले बराबरी गोल गरे पनि ६६ मिनेटमा नोबोआले उत्कृष्ट गोल गर्दे रुसी क्लबलाई इतिहास रच्ने मौका दिए ।