पूँजी बजारमा गिरावट
८ मंसिर, काठमाडौं । साताको चौथो दिन बुधबार नेपालको पुँजी बजार उच्च अंकले घटेको छ । आज बजार ४२.४६ अंकले ओर्लिएको हो । एक सय ३१ कम्पनीको १५ लाख ३८ हजार ७ सय ८८ कित्ता सेयर खरिद विक्रि भएको आज एक अर्ब ७ करोड ४९ लाख ६३ हजार ३ सय ६६ रुपैयाँको कारोवार भएको छ । आज बजारमा सवै सूचक रातो भएका छन् । बजार दिनभर २ प्रतिशतभन्दा वढीले घटेको थियो ।
आज बैकिङ समूहको सूचक ३७.४७ अंकले घटेको छ भने होटल समूहको सूचक १०२.९२ अंकले ओर्लिएको छ । यस्तै, बिकास बैंक समूहको स्रूचक ४१.८, जलविद्युत समूहको सूचक १५.१७, फाइनान्स समूहको सूचक १३.८७ अंकले घटेको छ । सवैभन्दा वढी बीमा समूहको सूचक ३६५.६४ अंकले घटेको छ भने उत्पादनमुलक समूहको सूचक १२.६९ र अन्य समूहको सूचक १३.८८ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२