चित्रबहादुर केसी माइक्रोबाट लडेर घाइते
काठमाडौं, ८ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् ।
भतिज हिरा केसीका अनुसार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । चाबहिलमा उनी आफैं यात्रारत माइक्रो बसबाट सडकमा खसेर घाइते भएका हुन् ।
स्थानीयको सहयोगमा उनलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको भतिज हिरा केसीले बताए । अध्यक्ष केसीलाई आज अस्पतालमै राखेर उपचार गर्नुपर्ने उनले जानकारी दिए । पूर्वउपप्रधानमन्त्री केसी सार्वजनिक यातायात प्रयोग गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६
सहकारी ठगका आरोपी भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
६ असार २०८२ १५:०३