डा. केसीका समर्थकले त्रिबि घेराउ गर्ने

भक्तपुर न्यूज

७ मंसिर २०७३ ९:३२

डा. केसीका समर्थकले त्रिबि घेराउ गर्ने

 काठमाडौं, ७ मंसिर । डा. गोविन्द केसीका समर्थकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गर्ने भएका छन् । सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीका अनुसार बुधबार मध्यान्ह १२ बजे त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गर्न लागिएको हो । आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने लगायतका मागहरु राखेर डा. केसी अनसनमा बसेका छन् ।

त्रिभुवन विश्वविद्यालयले डा. केपी सिंहलाई डिन नियुक्त गरे पनि डा. केसीले वरिष्ठताको आधारमा नियुक्त नगरिएको भन्दै अनसन जारी राखेका छन् । उनको स्वास्थ्य विग्रिँदै गए पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको केसीका समर्थकहरुको आरोप छ । आफैं बौद्धिक चोरीमा संलग्न भएको प्रमाण बाहिर आइरहँदा पदमा ल्याइएका त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएममा डा. केपी सिंहलाई डिन बनाउँदा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने चलखेल भइरहेको समेत देखिन्छ, सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले मंगलबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, त्यसैले अब आइओएममा शंकास्पद तरिकाले बनाइएका डिन मात्र हैन उपकुलपति तीर्थ खनियाँलाई समेत बर्खास्त गर्नुपर्ने अवस्था आएको छ ।

खासगरी आइओएममा नियुक्तिको समस्या बल्झिनुमा त्रिविका पदाधिकारी जिम्मेवार रहेको अलान्यसको आरोप छ । ‘पहिले ९ महिनासम्म पद खाली राखेर नियुक्ति गर्ने बेला वरिष्ठता नभई हचुवाका भरमा नियुक्ति गरिएकाले अहिले समस्या बल्झेको हो,’ विज्ञप्तिमा लेखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *