कांग्रेसले पदाधिकारी बैठक बोलायो
काठमाडौं, ७ मंसिर । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको विशेष बैठक बोलाएको छ । प्रमुख दलको सहमतिमा मात्रै संविधान संशोधन गर्ने भनी गरेको प्रयास असफल भएपछि सरकारले एमालेको सहमतिबिना संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेको छ । संबिधान संशोधनका लागि दलीय सहमति जुटाउने सरकारको प्रयास असफल भएपछि काँग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्न मंगलबार पदाधिकारीको विशेष बैठक बोलाएको हो ।
साँझ पाँच बजे सिंहदरबारमा बस्ने बैठकमा संविधान संशोधनबारेमा पार्टीको धारणा तय गर्नेछ । पदाधिकारी बैठकमा पूर्व पदाधिकारीलाई समेत आमन्त्रण गरिएको छ । पदाधिकारी वैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयागका निलम्बित प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाभियोग प्रस्तावबारे पनि धारणा बनाउने बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८