सबै सम्झौता रद्द भारतमा हल्ला

भक्तपुर न्यूज

७ मंसिर २०७३ ८:०७

सबै सम्झौता रद्द भारतमा हल्ला

नेपालले भारतीय निर्माण क्षेत्रको कम्पनी आईएलएफएससँग एक अर्ब डलरको ‘फास्ट ट्र्याक’ परियोजना सम्बन्धित सबै सम्झौता रद्द गरेपछि भारतमा हल्ला खल्ला मचिएको छ । सम्झौता रद्द गर्ने निर्णयसँगै भारतीय मिडियाले समेत यसको चर्चा गरेका छन् । सोमबार भारतको विधायिका–संसदको विकास एवं वित्तिय समितिको बैठक पछि ७६ किलोमिटर लामो यो परियोजना सम्बन्धि ‘इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिस लिमिटेडसँग सबै सम्झौता रद्द गर्ने निर्णय गरेको भारतीय स्रोतले बताएको छ ।

गत आइतबार अर्थ र विकास समितिको संयुक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नीजगढ फास्ट ट्र्याक निर्माण गर्न आइएल एण्ड एफससँग भएका सबै समझदारी सहमतीका साथै १० सेप्टेम्बर २०१४ को पिओई सूचना तथा तत्पश्चात् जारी आरएफपी अनुसार दर्ता भएको निजको प्रस्ताव रद्द गर्ने निष्कर्षमा आफ्नो मन्त्रालय पुगेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *