राजनीतिले बिगा¥यो नेपालको शिक्षा : शिक्षामन्त्री पौडेल
भक्तपुर, ७ मंसिर । शिक्षा मन्त्री धनीराम पौडेलले शैक्षिक क्षेत्रमा राजनीति हाबी हुँदा नेपालको शिक्षा क्षेत्रको बिकास हुन नसकेको बताउनु भएको छ ।
बिश्वबिद्यालय अनुदान आयोगको २३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै पौडेलले शिक्षा क्षेत्रमा राजनीतिक हाबी भएकै कारण शिक्षा क्षेत्रको बिकास हुन नसकेको बताउनु भयो ।
पौडेलले नेपालका बिश्वविद्यालय उपलब्ध भएका कैयौं कार्यक्रम सञ्चालन गरिरहेको तर्फ कस्तो काम गरिरहेका छन् भनी अनुगमन गर्ने समेत संयन्त्र नभएको र बिश्वविद्यालय अनुदानले नेपालका बिश्वबिद्यालयहरुको अनुगमन गरिरहेकोछ त्यसै गरि अन्यको समेत अनुगमन गर्नु पर्नेमो जोड दिनु भयो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका प्रज्ञा वर्गले नेपालमा शिक्षा नीतिको कार्यान्वयनमा तत्कालै मन्त्रीको परिवर्तन हुन र शिक्षा क्षेत्रलाई बुझेका ब्यक्ति मन्त्री नहुँदा नेपालको शिक्षा क्षेत्रको बिकास हुन नसकेको बताएका थिए ।
बिश्वविद्यालय अनुदान आयोगका सचिब प्रा, डा देवराज अधिकारले आयोगको प्रतिबेदन पेश गर्दै नेपालको शैक्षिक क्षेत्रको बिकासमा प्रज्ञा वर्गको परामर्श बिनानै काम थालनी हुने भएकाले शिक्षा क्षेत्रमा सोचे अनुरुप प्रगती हासिल गर्न नसकेको बताउनु भयो । आयोगका अध्यक्ष प्रा.डा. पराशर प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।