भक्तपुरमा अवैध रुपमा डेन्टल क्लिनिक सञ्चालन, सरोकारवाला मूकदर्शक

भक्तपुर न्यूज

६ मंसिर २०७३ १०:२६

भक्तपुरमा अवैध रुपमा डेन्टल क्लिनिक सञ्चालन, सरोकारवाला मूकदर्शक

भक्तपुर, ६ मंसिर । दर्ता नै नभई सञ्चालनमा रहेका डेन्टलको अनुगमन हुन नसक्दा चर्को शुल्क तिरि उपचार गर्न बाध्य भएका छन् भक्तपुरका स्थानियहरु । भक्तपुरका अधिकांश डेन्टल क्लिनिक दर्ता नै नगरी सञ्चालनमा रहँदा समेत सरोकारवाला निकायहरु ध्यान जान नसकेको गुनासो पोख्छन् सेवाग्राहीहरु ।
जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा डेन्टल क्लिनिक दर्ता हुनुपर्ने भएता पनि प्रक्रिया नै पुरा नगरि दर्जनौं क्लिनिक दर्ताबिना सञ्चालनमा रहेदा समेत जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको ध्यान यता जान सकेको देखिँदैन । यसरी अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिकहरुलाई नियन्त्रण गर्न चुकेको बताउँछन् सेवाग्राहीहरु ।
जिल्लाको सूर्यविनायक, च्याम्हासिंह, दुधपाटी, लोकन्थली, कौशल्टार, नयाँ ठिमी, पुरानो ठिमी, सल्लाघारी, सृजनानगर, जगाती, कमलविनायकलगायत बिभिन्न स्थानमा खुलेका डेन्टल क्लिनिकहरु दर्ता बिनानै सञ्चालनमा रहेको जानकार हुँदा समेत सरोकारवालाहरु तैं चुप मैं चुप हुने गरेको र आर्थिक लेनदेनको चलखेल भएको शंका ब्यक्त गर्छन् यस क्षेत्रका जानकारहरु । एकातर्फ सरकारको स्वास्थ्य निकायको खिल्ली उडाउँदै अवैध डेण्टल क्लिनिक सञ्चालनमा रहेको छन् भने स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयलाई २५ शैयासम्मको अस्पतालको स्वीकृत दिने अधिकार दिएता पनि भक्तपुर जनस्वास्थ्य कार्यालयमा दर्ता बीना सञ्चालनमा रहेका क्लिनिकलाई कानुनको दायरामा ल्याउँन नसक्नुको पछाडी आर्थिक चलखेल भएको बताउँछन् नाम उल्लेख नगरिने शर्तमा जिल्ला जनस्वास्थ्य कार्यालयका एक कर्मचारी ।
जिल्ला जनस्वाथ्य कार्यालय भक्तपुरको सिफरिसमा १३ ओटा मात्र क्लिनिक दर्ता भएर सञ्चालनमा रहेता पनि जिल्लाका चोकचोकमा दर्जनांै क्लिनिक सञ्चालनमा रहँदा समेत कसैको ध्यान यतातर्फ जान सकेको देखिँदैन । दर्ता भएका क्लिनिकले मासिक रुपमा प्रतिवेदन बुझाउनुपर्ने, आम्दानीको ५ प्रतिशत कर तिर्नुपर्ने भएता पनि दर्जनांै क्लिनिक दर्तामा नआउँदा लाखांै कर छली भइरहेको देखिन्छ ।
कार्यालयको बेवास्थाका कारण दर्ताबिना चोकचोकमा डेन्टल क्लिनिक सञ्चालनमा आउँन थालेपछि दर्ता गरी सञ्चालमा रहेका क्लिनिक भने मारमा परेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक डेन्टल क्लिनिकका सञ्चालकले जिल्ला जनस्वाथ्य कार्यालयकै कर्मचारीको मिलेमत्तोमा दर्ताबिना क्लिनिक सञ्चानलमा रहेको दावी गर्छन् ।
कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सञ्चालकले मापदण्ड विपरीत क्लिनिक सञ्चालन गरिरहेको उनी बताउँछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले दर्ता भएका क्लिनिकलाई नवीकरणमा आउँन सूचना जारी गरिसकेता पनि यता तर्फ अवैध रुपमा सञ्चालन भएका डेन्टल क्लिनिकका सञ्चालकहरुले चासो नदेखाएको उनी बताउँछन् । मापदण्ड पुरा गरि डेन्टल क्लिनिक सञ्चालन गरिरहेका एक ब्यवसायि भन्छन् डेन्टल क्लिनिकको अनुगमन अहिलेसम्म हुन सकेको छैन । तत्कालका लागि दर्ता नभएकालाई दर्तामा आउँन र दर्ता भइसकेकालाई नवीकरण गर्न बेला बेलामा सूचना जारी गर्दा समेत कसैको ध्यान यता जान सकेको देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *