चरेससहित एक पक्राउ

भक्तपुर न्यूज

६ मंसिर २०७३ ९:०१

चरेससहित एक पक्राउ

काठमाडौं,६ मंसिर । दुई किलो भन्दा बढी लागुऔषध चरेससहित प्रहरीले दार्चुलामा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अपि नगरपालिका–१० बाँजका ४८ वर्षीय बलदेव सिंह महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। विशेष सुराकीका आधारमा प्रहरीले महरालाई आफ्नै पसल अपि नगरपालिका–११ बागाँबगरबाट दुई किलो २०० ग्राम चरेससहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए।
चरेस जोखिरहेका बेला पक्राउ परेका महराको पसलबाट तराजु र ढकसमेत बरामद गरिएको छ। पक्राउ परेका महरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। महरालाई एकदेखि तीन वर्षसम्म कैद हुनुका साथै रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुनसक्ने अथवा दुवै सजाय पनि हुन सक्ने प्रहरी कार्यालयले जनाएको छ।पछिल्लो समय दार्चुला प्रहरीले लागुऔषध ओसारपसार हुनसक्ने भन्दै सीमा नाकालगायतका ठाउँमा चेकजाँचमा कडाइ गरिरहेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *