दयाले गरे प्रियंकालाई रातो गुलाब सहित प्रेम प्रस्ताव
काठमाडौं, ६ मंसिर । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र पुरानो ढुङगाको प्रचार—प्रसारमा लागेका अभिनेता दयाहाङ र नायिका प्रियंका एक्कासी लण्डन उडेका थिए । उनीहरु अचानक लण्डन जानुको कारण खुलेको थिएन । तर केही दिन पछि लण्डनमा पुगेका दयाले प्रियंकालाई रेड रोज सहित प्रपोज गरेको तस्वीर सार्वजनिक भयो ।
धेरैलाई यो दृश्य देखेर र सुनेर धेरैलाई अचम्म पनि लाग्न सक्छ तर यो दृश्य बास्तविक होइन केवल चलचित्रको लागि गरिएको दृश्य हो । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘ह्याप्पी डेज’को सुटिङको दृश्य हो । कथाबस्तुमा भिज्ने क्रममा दयाले गुलब मार्फत प्रियंकालाई आफ्नो मनको कुरा खोलेका हुन् ।
यो तस्बिर चाम्स आफैले सामाजिक संजालबाट सार्वजनिक गरेका हुन । ‘ह्याप्पी डेज’ नामको यो चलचित्र यूकेको विभिन्न शहरमा छायाँकन गरिने छ । ‘हँसिया’ ‘वीरविक्रम’ चलचित्र निर्देशन गरेर दर्शकको मन जितेका मिलनको ह्याप्पी डेज तेस्रो चलचित्र हो ।
झण्डै दुई करोड लगानीमा निर्माण हुन लागेको यस चलचित्रमा दयाहाङ, प्रियंका, संजय गुप्ताको अभिनय रहने छ । फिल्ममा विपि खनाल, विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सलर र सपनकुमार राईको सयुंक्त लगानी रहेको छ ।