विश्व नम्बर एक मुर्रेले जोकोविचलाई हराए
एजेन्सी, ६ मंसिर । एटिपी वर्ल्ड टुर फाइनल्सको उपाधि जित्दै बेलायती एण्डी मुर्रे विश्व बरियतामा शीर्ष स्थानमा कायम रहेका छन् । लण्डनमा गएराति भएको फाइनलमा सर्बियाका नोभाक जोकोविचलाई ६–३ र ६–४ को सेटमा हराएर मुर्रेले पहिलो पटक एटिपी वल्र्ड टुर फाइनल्सको उपाधि जितेका हुन् ।
यसअघि चारपटक उपाधि जितेका जोकोविचलाई विश्व बरियतामा शीर्ष स्थानमा उक्लिन मुर्रेमाथि जितको खाँचो थियो । तर मुर्रेले आफ्नो विजयी यात्रा कायम राख्दै वर्ष २०१६ शीर्ष स्थानमा रहेर टुंग्याएका छन् । मुर्रे सबै प्रतियोगितामा गरी पछिल्ला २४ खेलमा अपराजित छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१