चेल्सी शीर्ष स्थानमा उक्लियो
एजेन्सी, ६ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा मिडल्सवर्गलाई पराजित गर्दै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । गएराति भएको खेलमा मिडल्सवर्गलाई १ विरुद्ध शून्य गोलले पराजित गर्दै लिभरपुललाई पछि पार्दै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
चेल्सीलाई जिताउन खेलको ४१ औँ मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको हो । कोस्टाको गोलले महत्वपूर्ण जित निकालेको चेल्सीको १२ खेलबाट २८ अंक भएको छ । यस्तै दोश्रो स्थानमा झरेको लिभरपुलको २७ अंक रहेको छ ।
तेश्रो स्थानको म्यानचेस्टर सिटीको २७ र चौथो स्थानको आर्सनलको २५ अंक रहेको छ भने मिडल्सबर्गको ११ अंकसहित १५ स्थानमा रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०