भक्तपुर एसपीमा किरण गइन् किरण आइन्

भक्तपुर न्यूज

६ मंसिर २०७३ ५:३८

भक्तपुर एसपीमा किरण गइन् किरण आइन्

भक्तपुर, ५ मंसिर । नेपाल प्रहरीका ५९ जना प्रहरी उपरीक्षक(एसपी)हरू सरूवा भएका छन् । प्रहरी प्रधान कार्यालयले एक वर्ष कार्यावधि पुगेका एसपीहरूको सरूवा गरेको हो ।
महानगरिय प्रहरी परिसर भक्तपुरमा किरण बज्राचार्यको सट्टा किरण राणा आएकी छिन् । बज्राचार्य भक्तपुरबाट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखामा सरुवा भएकी छिन् भने किरण राणा महानगरिय प्रहरी कार्यालय परिचालन कक्ष प्रशासन रानीपोखरीबाट भक्तपुर सरुवा भएर आएकी हुन् ।
यस अघि महानगरिय प्रहरी बृत्त जगातीमा डिएसपी भएर कार्य सम्पादन गरि सकेकी राणा फेरी भक्तपुरमा प्रहरी परिसर प्रमुख भएर आएकी हुन् ।
एक वर्ष कार्यावधि पुगेकाहरूको संगठनको नीति भित्र रहेर सरूवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । जिल्ला नपाएकाहरूलाई प्राथमिकतामा राखेर सरूवा गरिएको स्रोतले बतायो ।

को कहाँ सरुवा भए ?

sp-saruwa


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *