पाकिस्तानी सेनाले भारतीय ड्रोन खसाली दिएपछि
एजेन्सी, ५ मंसिर । पाकिस्तानी सेनाले एउटा भारतीय जासुस ड्रोन खसालेको दाबी गरेको छ । नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी पाकिस्तानी सेनाको रहेको समाचार पाकिस्तानी प्रेस टिभी च्यानले प्रकाशित गरेको छ ।
पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा पसेको आरोप उक्त समाचारमा उल्लेख गरिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता जनरल असिम बजवाका अनुसार पास्तिानी सेनाले शनिबार साँझ चार बजेर ४५ मिनेटमा भारतीय ड्रोन खसालेको हो। सो ड्रोनलाई पाकिस्तानले आफ्नो कब्जामा लिएको छ। जनरल बजवाले भनेका छन्,‘सो ड्रोन पाकिस्तानी क्षेत्रको नियन्त्रण रेखा पारि ६० मिटर भित्र पसको थियो।’
गत वर्ष जुलाईमा पनि पाकिस्तानी सेनाले भारतीय अर्को ड्रोनलाई कस्मिरको भीम्बरमा नियन्त्रण रेखामा खसालेको दाबी गरेका थियो। पाकिस्तानका अनुसार सो ड्रोन हवाइ क्षेत्रमा घुसेको थियो। यसअघि पाकिस्तानले शुक्रबार पाकिस्तानी नौसेनाले एक भारतीय पनडुब्बीलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो ।
भारतीय सहर मुम्बैमा सन २००८ मा भएको एक भीषण हमलापछि भारत र पाकिस्ताबीचको शान्ति बार्ता भंग भएको हो । केही मिहना देखि भारतीय नियन्त्रित सहर कश्मिर आसपास भारतीय पक्ष र पाकिस्तानी पक्षबीच नियमित रुपमा गोली हानाहान हुने गरेको छ । दोहोरो भीडन्तमा कैयौ भारतीय तथा पाकिस्तानी नागरिकको ज्यान गैसकेको छ ।