आवाज नआउने एरोक्वाइट सिलिङ फ्यान नेपाली बजारमा
काठमाडौं, ५ मंसिर । भारतीय चर्चित राष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गत सिके बिरला ग्रुपले नेपाली बजारमा आवाज नआउने एरोक्वाइट सिलिङ फ्यान सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ ।
कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो(टेक २०१६लागि लक्षित गर्दै उक्त फ्यान सार्वजनिक गरेको हो ।
कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ फ्यान तयार पारेको हो । यसमा शक्तिशाली मोटर र एरो डायनामिक डिजाइन गरिएको कम्पनीको दाबी छ ।
ओरियन्ट एरोक्वाइटसँग १२०० एमएम स्विप र सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ । ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको छ ।
स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ । यसको बजार मूल्य १२ सय देखि १५ हजार रूपैयाँसम्म पर्छ ।