आज अन्तर्रा्ष्ट्रिय बाल अधिकार दिवस,विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं, ५ मंसिर । आज नोभेम्बर २० तारीख अर्थात २६ औ अन्तराष्ट्रिय बाल दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसको यस वर्षको नारा सम्वद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने तय गरिएको छ ।
संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित गरेको हुनाले हरेक वर्षको नोभेम्बर २० तारिख का दिन अन्तर्रा्िष्ट्रय बाल अधिकार दिवस मनाइन थालिएको हो ।
बालश्रम, बालबालिकाविरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहीलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा बाल अधिकारकमीहरुले जोड दिदै आएका छन् ।
बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज दिवसको अवसरमा मुलुकभर बालअधिकार प्रति प्रतिवद्धता र जनचेतना बढाउने खालका कार्यक्रमहरुको आयोजना गरेका छन् ।
वाल संरक्षणका विभिन्न विषयहरु लगायत संविधानमा वालअधिकारको विषयलाई मौलिक हक अन्तर्गत व्यवस्था गरिएको प्रावधानहरुलाई व्यवहारिक रुपमा अझै कार्यान्वयन गर्न बाँकी रहेको वालअधिकारकर्मीहरुले बताएका छन् । नेपालमा अझै पनि १८ लाख वालवालिका विभिन्न श्रम गर्न बाध्य छन् । तीमध्ये २१ प्रतिशत वालवालिका विद्यालय जाँदैनन् ।