साउथहृयाम्पटन बराबरीमा रोकिए पनि शीर्ष स्थान मै कायम
एजेन्सी, ५ मंसिर । इग्लिस प्रिमियर लिग फुटबलमा लिभपुरललाई साउथहृयाम्पटनले बराबरीमा रोकेको छ । तर, पनि शीर्ष स्थानमा कायमै छ ।
गएराति भएको खेलमा लिभरपुल र साउथहृयाम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलले गोल गोल गर्न नसकेको यो सिजनमा मात्र तेस्रो खेल हो ।
उसका फवार्ड साडिओ माने दुई पटक गोलनजिक पुगेका थिए तर, साउथहृयाम्पटनका गोलरक्षकले रोके । ब्राजिलियन काउटिन्हो र रोबर्टो फिर्मिनोले पनि गोल गर्ने राम्रो मौका खेर फाले ।
उसो त घरेलु टोली साउथ हृयाम्पटनले पनि गोल गर्दै लिभरपुलमाथि जित हात पार्ने अबसर पाएको थियो । तर, सदुपयोग गर्न सकेन ।
बराबरीपछि लिभरपुल १२ खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ भने १४ अंक जोडेको साउथ हृयाम्पटन १० औं स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१