मिनि ट्रक दुर्घटनामा दूईको ज्यान गयो
रुकुम, ५ मंसिर । रुकुमको रुकुमकोट–९ को रातापहरामा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
काँक्रीबाट रुकुमकोटका लागि छुटेको बा १ ख ९६९१ नम्बरको मिनि ट्रक आज बिहान दुर्घटना हुँदा मोरावाङ–३ की सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर बिकको ज्यान गएको हो ।
दुर्घटनामा तीन जना घाइते भएका छन । घाइते हुनेमा मारोवाङ–३ की पुर्णिमा सुनार, सल्यानका अर्जुन बिक र रुकुम स्यालाखदीका कमल बिक रहेको प्रहरीले जनाएको छ ।
घाइतेको स्वास्थ्य चौकी रुकुमकोटमा उपचार भैरहेको छ । घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय रुकुमकोटको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका हुन् ।
दुर्घटनाको कारण थाहा नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८