व्यवस्थापिका संसद आज बैठक बस्दै
काठमाडौ, ३ मंसिर । व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद बैठक नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ ।
निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा आज पनि छलफल हुदैछ ।
महाअभियोगमाथि अनुसन्धानका लागि संसदले गठन गरेको ११ सदस्यीय महाअभियोग सिफारिस समितिले हिजो आफ्नो कार्यविधि तयार पारेपछि आजको संसद बैठकले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा थप अध्यायन र अनुसन्धानका लागि पठाउने सम्भावना समेत रहेको छ ।
मंसिर १ गतेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारितसंगै आज सम्मका लागि स्थगित भएको थियो ।
आजको बैठकमा महाअभियोगमा बोल्न बाँकी सदस्यले आफ्नो भनाई राख्ने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३