भक्तपुरमा लागू औषध सेवन बढ्दो

भक्तपुर न्यूज

३ मंसिर २०७३ ६:१६

भक्तपुरमा लागू औषध सेवन बढ्दो

भक्तपुर, ३, मंसिर । अभिभावकले आफ्ना बालबालिकालाई अध्ययनका लागि विद्यालय पठाउने गरेता पनि आज भोलि कतिपय बालबालिकाहरू विद्यालय जाने नाममा लागू औषध सेवन गर्ने गरेको तथ्य सार्वजनिक हुँदै आएको छ । भक्तपुरका कतिपय विद्यालयमा त्यस्ता विकृतिजन्य क्रियाकलापमा विद्यालयका बालबालिकाहरू प्रत्यक्ष रुपमा सहभागी हुँदा अभिभावकहरू चिन्तित बनेका छन् ।
साना कलिला १४ देखि १७ वर्ष उमेर समूहको स्कूले बालबालिकाहरू प्रत्यक्ष रुपमा लागू औषध सेवनमा लाग्दा पढ्नका लागि पठाएका अभिभावकहरू ज्यादै चिन्तित हुने गरेका हुन् ।
पढ्नका लागि बिद्यालय जाने बालबालिकाहरू यसरी सिधै लागू औषध सेवनमा लाग्नु स्वयम् बालबालिका अभिभावक र शिक्षकका लागि पनि हितकर छैन । तर पनि अधिकांश विद्यालयस्तरका बालबालिका र किशोर किशारी लागू औषध सेवनमा लाग्दा सबैका लागि चिन्ताको बिषय बनेको छ ।
भक्तपुर दधिकोटका अभिभावक सन्तोष लामा भन्छन््, बालबालिका पढ्नका लागि भन्दै विद्यालय जान्छन् तर न अभिभावकले ध्यान दिन्छन् न बिद्यालयले । जसकारण पनि बालबालिका किशोर र किशोरी लागू औषध प्रयोग तर्फ अग्रसर रहेको देखिन्छ । लागू औषध सेवनमा लाग्ने गरेका केही यस्ता बिद्यार्थीहरु आफूले पटक पटक देखेको र आफूले ती बालबालिकालाई सम्झाउँदा पनि नमान्ने गरेको उनी गुनासो गर्छन् ।
आजभोलिको शिक्षामा नैतिकता हराएकाले पनि अधिकांश बालबालिकाहरू लागू औषध सेवनमा लाग्ने गरेको भन्दै उनले यस्तो विकृतिको अन्त्य गर्नका लागि विद्यालयबाट नै बालबालिकालाई सचेत गराउनुपर्नेमा जोड दिन्छन् । अभिभावकका कुरा बालबालिकाले नखाने भएकाले पनि बिग्रन लागेका बालबालिकालाई सुधार गर्न विशेष अभियान सञ्चालन गर्नु भन्ने तर्क गर्दै लामाले त्यस्ता क्रियाकलापमा हरेक अभिभाबकको साथ र सहयोग रहने बताउँछन् ।
भक्तपुर अभिभावक संघका एक सदस्यले भने कतिपय बालबालिकाहरू लागू औषध सेवनमा त फसेका छन्् नै आर्थिक अभावले गर्दा यौनजन्य क्रियाकलापमा समेत प्रत्यक्ष संलग्न हुने गरेको आफूले देखेको अनुभव सुनाउँदै यो कार्य आजभोलि तिव्र गतिमा बढ्दै गएको बताए ।
अर्का अभिभावक सुशील कोजूले भने आजका विद्यार्थी देशका मेरुदण्ड भन्ने भनाइको खिल्ली उडाउँदै कुलतमा फसेका विद्यार्थीहरूको संख्या बढ्दै गएकाले अभिभावक र सरोकारवाला पक्षहरू समयमै सजक हुनुपर्ने देखिन्छ । यो समस्या दिनप्रतिदिन बिकराल बन्दै गएकाले सयममै न्यूनिकरण गर्न नसके महारोगको रुपमा फैलँदै जानेमा चिन्ता प्रकट गरे ।
नेपाल औषधी वाग्मती व्यवसायी संघका एक सदस्य भन्छन््, विद्यालयका बालबालिका प्रत्यक्षरुपमा लागू औषध सेवनमा बढ्दो अवस्था देखापरेको छ । नेपालमा लागू औषध खुल्ला सिमानाका कारण सहजै भित्रिने गरेकाले भक्तपुर समेत यसको प्रभावमा परेको हो । पछिल्लो समयमा लागू औषध सेवनकर्ताहरूको संख्या बढ्दै गएको छ । यसतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान दिन नसके यो समस्या समाजका लागि जटिल बन्दै जानेछ ।
अर्का अभिभावक प्रेम खबुर्जा पनि बताउँछन््, जिल्ला शिक्षा कार्यालयले यस्ता विकृति तर्फ खासै अनुगमन नगरेकाले यी घटनाहरू बाहिर आउन नसकेको हो, साँच्चि कै जिल्ला शिक्षाले अनुगमनलाई तिव्रता दिने हो भने यी घटना छताछुल्ल हुनेछन्् । सबै अभिभावकले बालबालिका विद्यालयलाई जिम्मा लगाएकाले विद्यालय अवधिभरमा कुन विद्यार्थीले के गर्दै छ भन्ने जानकारी राख्ने काम विद्यालयको भएकाले बालबालिका प्रत्यक्ष रुपमा लागू औषध सेवनमा लाग्नुको जिम्मेवार पनि विद्यालय नै हुने उनी बताउँछन् ।
माहनगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाई भन्छन्, विद्यालयको काम विद्यार्थीहरूलाई पढाउने मात्र नभएर अनुशासनहिनता र विकृतिबाट रोक्नु पनि हो । तर अहिले विद्यालयहरूले भने सिधै पढाउने कार्यलाई मात्र आफ्नो उद्देश्य देखेकाले यी समस्या आउन थालेको हो । अभिभावकले आफ्ना सन्तानलाई पैंसा दिँदा किन र के का लागि खर्च गर्दैछन् भन्ने जानकारी समेत राख्नु पर्ने उनी बताउँछन् ।
विद्यालयका बालबालिकाहरू प्रत्यक्ष रुपमा लागू औषध र अश्लिल क्रियाकलापमा संलग्न भएको प्रहरीले जानकारी पाएका खण्डमा नियन्त्रण गर्ने भएता पनि अभिभावक र बिद्यालयले सजकता अपनाएका खण्डमा नियन्त्रणको पाटो प्रभावकारी हुने उनी बताउँछन् ।
भक्तपुरमा यसबारे यदाकदा ती समस्या भए पनि बाहिर प्रचारमा आए जस्तो बालबालिकाहरू प्रत्यक्ष रुपमा लागू औषध र अश्लिल क्रियाकलापमा नलागेको उनी बताउँछन् ।
प्रहरीले लागू औषध प्रयोगका बारे जनचेतनामूलक गतिबिधि सञ्चालन गर्दै आएता पनि अभिभावक र बिद्यालयको जिम्मेवारी बहन बढेका खण्डमा न्यून गर्न सक्ने उनी बताउँछन् ।
परसंस्कृती ग्रहणको प्रभाव र यसलाई नियन्त्रण गर्न नसके युवा र किशोर किशोरी दुव्यसनको प्रभावमा पर्ने उनी बताउँछन् ।
जे जस्तो भएता पनि भोलिका नेपालका कर्णंंधारलाई लागू औषधको प्रयोगबाट रोक्न सबै लाग्नु पर्ने जनचासोको बिषय सबैका अघि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *