कहाँ हरायो भक्तपुरका १० हजार भूकम्पपीडितको नामावली ?

भक्तपुर न्यूज

२ मंसिर २०७३ ७:०४

कहाँ हरायो भक्तपुरका १० हजार भूकम्पपीडितको नामावली ?

भक्तपुर । सरकारी निकायले आयोजना गर्ने अधिकांश सार्वजनीक सुनुवाई कार्यक्रमा भूकम्पपीडितकै एउटै गुनासो छ, वास्तविक भूकम्पपीडितको नामावली नै छुटाइयो ।
सरकार कार्यालयका प्रमुखलाई पीडितले हरेक नगरपालिकामा भएका सार्वजनीक सुनुवाई कार्यक्रममा यस्तै गुनासाले वाक्कदिक्क बनाएका छन् । सरकारी अधिकारीहरुको गुनासो मेट्दै जवाफ हुने गरेको छ, गुनासो फाराम भरेर प्रक्रियामा सहभागि हुनुहोस ।
महाविनाशकारी भूकम्प गएको करिब डेढ वर्ष पछि दिन लागिएको पहिलो किस्तावापतको रु ५० हजार पनि वास्तविक भूकम्पपीडितले पाउन नसक्ने देखिएको छ । पीडितको नामै नभएको खण्डमा उनीहरुले कहाँ कुन प्रक्रियाबाट राहत पाउने ? भूकम्पपीडितलाई वितरण गरिन लागेको पहिलो किस्ता वापतको रकम वितरणमा भक्तपुरका भूकम्पपीडितलाई बाँडनका लागि अनुदान सम्झौता सुरु गरिए पनि स्थानीयले वास्तविक भूकम्पपीडितको नामावली एकमुष्ठ नआएसम्म सम्झौता नगर्ने अडान लिइरहेका छन् ।
विशेष गरी भूकम्प पुनः निर्माण प्राधिकरणले धेरै भूकम्पपीडितको नामावली छुटाएको भन्दै नगरकोट नगरपालिकाका बासिन्दाले अनुदान सम्भौतामा अवरोध श्रृर्जना गरिरहेका छन् । उनीहरुले नामावली सच्चिएर नआएसम्म अनुदान सम्झौता नै नगर्ने अडान लिएका छन् । नगरपालिकाको १ देखि १० सम्मका संयुक्त वडा कार्यालयमा स्थानीय बासिन्दाले अवरोध छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भक्तपुरमा भूकम्प पुनःनिर्माण प्राधिकरणबाट २४ हजार ९ सय २ जना भूकम्पपीडितको लाभग्राही सूचीमा नामावली प्रकाशन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा ६ हजार ८ सय ८८ भूकम्पपीडितको नामावली प्रकाशन भएको थियो भने सबैभन्दा कम मध्यपुर थिमी नगरपालिकामा २ हजार २ सय ५४ जनाको लाभाग्राही सूचीमा नामावली प्रकाशन भएको थियो । भक्तपुर र थिमी नगरमा १७÷१७ वडा कायम छन् ।
त्यसैगरी, चाँगुनारायण नगरपालिकामा ५ हजार २ सय ८४, नगरकोट नगरपालिकामा ४ हजार ९ सय १९ जना भूकम्पपीडितको लाभदायी सूचीमा नामावली प्रकाशन भएको थियो । केहि वर्ष अघि मात्र घोषित अनन्तलिगेश्वरमा १५, चाँगुनारायणमा १७, सूर्यविनायकमा १४ र नगरकोटमन नगरपालिकामा १३ ओटा संयुक्त वडा कार्यालय रहेका छन् । स्रोतका अनुसार भूकम्प पुनः निर्माण प्राधिकरणले भक्तपुरमा करिब १० हजार पीडितको नामावली छुटाएर पठाएको देखिन्छ । जिल्लामा ३५ हजार भूकक्पपीडितको नामावली लागत संकलन गरिए पनि १० हजारको हाराहारीमा नाम काटेर पहिलो किस्तावापतको रु ५० हजार वितरण गरिन लागिएपछि यसको चौतर्फी विरोध भइरहेको हो ।
ब्यवस्थापिका संसदमा समेत भक्तपुरका भूकम्पपीडितको नामावली छुटेको भन्दै आवाज उठिरहेको सन्र्दभमा भूकम्प पुनःनिर्माण प्राधिकरणले कुन मापदण्डले यसरी नमावली पठायो भन्ने चर्चा चल्न थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *