भक्तपुरमा नापी र मालपोत उपभोक्ता ठग्दै
भक्तपुर२ मंसिर । भक्तपुर मालपोत र नापी कार्यालय जसरी उपभोक्ता ठगिन बाध्य बनेका छन् यस तर्फ सरोकारवाल निकायको ध्यान जान नसक्दा दिनप्रतिदिन उपभोक्ताले शास्ती बेहोर्नु परेको छ । जग्गाको कारोवार हुँदा घुसको खेल नभए सम्म काम गर्न नमान्ने कर्मचारीहरूको व्यवहारमा कुनै परिवर्तन आउँन नसक्दा पछिल्लो समयमा समेत उपभोक्ता पैसो नखुवाए सम्म काम गर्न नसक्ने अवस्था भएको बताउँछन् उनीहरू । सिपाडोलका स्थानिय शिब थापा भन्छन् मालपोतमा आफैले काम गर्ने हो भने सानो काम गर्न पनि हप्ता दिन लाग्ने भएकाले जसरी भएपनि छिटो काम गर्न बिभिन्न खालका बिचौलियाहरुको प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।
आफैले कुनै फाईल लिएर गए लामो समय सम्म पनि काम नहुने र फाईल बोकेर जाने दलालहरूलाई १०० भन्दा माथिको रकम दिएमा तत्कालै काम हुने भएकाले समेत धेरै जसो उपभोक्ताले यसै गर्ने गरेको बताउँछन् उनी । कुनै समयमा भक्तपुरको मालपोत कार्यालय निकै बद्नाम रहेता पनि हाल मिलाएर केही घुस खाने काम कम भएको जस्तो देखिएता पनि हालत उस्तै भएको सेवाग्राहीहरु गुनासो पोख्छन् । तल देखि माथि सम्म घुसको चास्नीले सबैलाई स्वच्छ देखाएता पनि सामान्य काम गर्दा समेत घुस खुवाउनु पर्ने रोगलाई भने कसैले निको पार्न नसकेको अर्का सेवाग्राही बिकेश प्रजापति गुनासो पोख्छन् । भक्तपुर मालपोतका कर्मचारीहरूको काम गर्ने शैलीलाई हेर्ने भने सबै भन्दा भ्रष्ट शैली देखिन्छ तर पनि सरोकारवालाहरू भने अनुगमनको नाममा मौन रहँदा झनै रहस्यमय बनेको छ र मौलाउँदो छ भ्रष्टहरूको चलखेल ।
पर्ति जग्गा र सार्वजनिक जग्गाको खरिद बिक्रिमा सक्रिय रहेका भूमाफियाहरू फेरी पछिल्लो समयमा घर जग्गाको कारोवार बढ्दै जाँदा सलबलाउन थालेका छन् भने विगतमा झैं कतिखेर आफ्नो जग्गा कसले बिक्रि गरिदिने हो भनेर भक्तपुरवासिमा डर छाएको छ । आफ्नो जग्गा कसले कतिखेल बेच्ने हो यो त्रासले निरन्तरता पाएको बताउँछन् लेखापढि व्यवसायका एक प्रतिनिधि । उनी भन्छन् मालपोतमा हुने कामलाई व्यवस्थित पार्न बेलामौकामा विभिन्न खालका नियमहरू बनेता पनि त्यसको कार्यान्वयन हुन नसक्दा समस्या सुलझिनुको साट्टो दिन दिनै बढ्दो छ । जग्गाकाको कारोवार हुँदा यस्ता घटना धेरै देखिएका थिए भने पछिल्लो जग्गाको खरिद बिक्रिमा कमी आएता पनि भक्तपुरको मालपालेत कार्यालयमा भुमाफियाहरूको चलखेल भने नघटेको उनी बताउँछन् । उनी भन्छन् बेलैमा यस्ता प्रबृतिलाई रोक्न नसक्ने हो भने फेरी पनि भक्तपुरका सार्वजनिक जग्गाका साथ कतिको उठिबास नहोला भन्न सकिँदैन ।
भक्तपुरका स्थानिय राकेश प्रजापति भन्छन् भक्तपुर मालपोतका भित्ताहरूमा जति आर्कषक नारा लेखिएका छन् भ्रष्टचारका बिषयमा त्यतीनै मात्र भ्रष्टचारी कर्मचारीहरू कमिशन र पैसोको खेलोमा सक्रिय बनेका छन् । तलबाट माथि सम्मकै मिलेमतोमा हुने गरेको पैसाको अर्थात घुसको चलखेलकै कारण आफूले जग्गा खरिद गर्दा होस् वा बिक्रि गर्दा अनाहाकमा घुस खुवाउन परेको छ । यता कार्यालका कर्मचारीका साथै प्रमुख भने मालपोतमा त्यस्ता कुनै पनि प्रकारका घुसको गतिबिधि नभएको जनाउँछ । मालोपोत कार्यालमा सबै कर्मचारी नयाँ भएकाले पछिल्लो समयमा केही काममा ढिला भएको कार्यालय प्रमुले बताउने गरेता पनि लेन देनको चाँचो पाँचो नमिल्दा काम ढिलो हुने गरेको सेवा ग्राहीको गुनासो रहेको छ ।कार्यालयमा टाँसिएको नागरिक बडा प्रत्रको कसलाई हेक्का नभएको गुनासो पोख्छन् सेवाग्राहिहरू । भक्तपुर मालपोतमा काम गर्दा घुस नलिएर काम गर्ने रोगलाई निको कसले पार्ने सेवाग्राहि रबी त्यात आक्रोश पोख्छन् । उनी भन्छन् जुन तन्त्र आए पनि उस्तै सरकारी सेवा लिनलाई समेत घुस खुवाउनु पर्ने ।
यसरी घुस लिने भए किन सरकारले तलव दिएर जनताको करको दुरुपयोग गरेको होला । त्यस्तै अर्का सेवाग्राहि मोहन खड्का भन्छन् बस चालकले बस चलाउँदैन शिक्षकले पढाउँदै र मालपोतका कर्मचारीले घुस लिँदैनन् भन्ने उस्तै उस्तै हो । उनी भन्छन् भक्तपुर मालपोलतका हकमा सामान्य काम गर्दा समेत पैसो नदिए काम ढिलो गरिदिने भएकाले बाध्य भएर काम छिटो गर्न आफूले केहि समय अघि १८०० सय रुपैंया तिरेको गुनासो गर्छन् । त्यस्तै भक्तपुरमा जग्गाको कारोवार गर्दा नापि कार्यालयमा काम गर्ने कर्मचारी समेत घुस लिने मामलामा कम नभएको गुनासो गर्छन् सेवाग्राहिहरू ।
जग्गा नाप्न जाँदा होस् वा अमोनिय प्रिन्टको होस् वा ब्लू प्रिन्टका साथै ट्रेस नक्सा तयार पार्दा होस् सामान्यतया लेनदेन नभए काम ढिलाई हुने भएकाले यहाँ समेत केहि भेटि चडाउनु पर्ने हुन्छ । एक सेवाग्राहि कुटुञ्जेका सरोज ढुंगेल भन्छन् मालपोतका कर्मचारीसँग पहिल्यै सेटिड हुने भएकाले समेत काम गर्दा पैसोको लेनदेन अति हुने गरेको छ । जे जस्तो भएता पनि सरकारी सेवामा कार्यरत कर्मचारीलाई जसरी सेवा प्रदान गर्न सरकारले निर्देशन दिएको छ सो विषयको लागू भने भक्तपुर मालपोत र नापिका हकमा भने लागू भएको देखिँदैन । बढ्दो घुस लिने र दिने परम्परको अन्त्य तर्फ बेलैमा सरकारको ध्यान जान नसके हरेक कार्यालका भित्तामा टाँसिएको दिब्य उपदेश घुस लिने र दिने दुवै देशका सत्रु हुन् केवल भनाईमा सिमित रहने बताउँछन् सेवाग्राहिहरू ।