एलेप्पोको अस्पतालमा आक्रमणमा, २१ को मृत्यु
एजेन्सी, २ मंसिर । युद्धग्रस्त सिरियाको एलेप्पो शहरस्थित एक अस्पतालमा सरकारी सेनाले बम आक्रमण गर्दा एक्काइस जनाको मृत्यु भएको छ ।
सरकारी सेनाको लडाकु विमानले अस्पताल, ब्लड बैंक तथा एम्बुलेन्सलाई लक्षित गरेर बम आक्रमण गर्दा पाँच बालबालिका सहित एक्काइस जनाको मृत्यु भएको हो ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रस्थित बायान बाल अस्पतालमा आक्रमण भएको हो । आक्रमणवट बायन अस्पताल क्षतिग्रस्त भएको छ । अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले अस्पतालका निर्देशक आक्रमणबाट बच्नका लागि अस्पतालको अण्डरग्राउण्डमा गएको र अझै बाहिर निस्कन नसकेको जनाएको छ ।
तीन साता लामो युद्धविराम सकिएपछि सिरियामा केही दिनदेखि पुनः भीषण हवाई आक्रमणहरु हुन थालेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३