अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट रुस बाहिरिने
एजेन्सी, २ मंसिर । अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीवाट रुस बाहिरिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइसीसीमा सम्मिलित हुने प्रकृया रोक्ने एउटा आदेशमाथि हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरसँगै रुसले अब आफ्नै नीति अनुशरण गर्ने र अन्तर्राष्ट्रिय नियमहरुको पालना नगर्ने भएको छ ।
आमहत्या, मानवता विरुद्धका अपराध, युद्ध अपराध र आक्रमण अपराधका दोषिलाई कारवाही गर्न सन १९ सय ९८ मा आइसीसीको स्थापना भएको थियो । त्यसको दुई वर्षपछि रुसले त्यो सन्धिमा हस्ताक्षर ग¥यो तर सन्धिलाई अनुमोदन गरेको थिएन ।
अहिले फेरि सोही सन्धि अनुमोदन गर्ने प्रकृयालाई रुसी राष्ट्रपति पुटिनले रोकेका हुन् । अमेरिका र चीन जस्ता केही शक्ति राष्ट्रहरु आइसीसीमा छैनन् ।
केही समयअघि आइसीसीले सार्वजनिक गरेको प्रतिवेदनमा रुस र युक्रेनबीचको द्वन्द्वपछि मस्कोले क्राईमियालाई आफुमा मिलाएको उल्लेख गरिएको थियो ।