राष्ट्रिय फुटबल टोलीलाई विमानस्थलमा भव्य स्वागत
काठमाडौं, २ मंसिर । मलेसियामा सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
हिजो राति सो टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद तथा अखिल नेपाल फूटबल संघका पदाधिकारी र समर्थकले भव्य स्वागत गरेका हुन् । विमानस्थलमा उपस्थित यात्रु तथा तिनका आफन्तहरुले पनि खेलाडीहरुलाई हुटिङ गरेर स्वागत गरेका थिए ।
विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रशिक्षक राजु शाक्य र क्याप्टेन विराज महर्जनले सोलिडारिटी कप जितेसँगै नेपाली फुटवलमा नयाँ ट्रयाक सुरुवात भएको बताए ।
खेलाडीको स्वागतमा एन्फाले राति नै ¥याली समेत गरेको थियो । नेपाली सेनाको चारवटा ट्रकलाई फूलले सजाएर विमानस्थल लगिएको थियो । विमानस्थलबाट सुरु भएको ¥याली गौशाला, मैतीदेवी, पुतलीसडक, सहिदगेट न्यूरोड, त्रिपुरेश्व, पुल्चोक हुँदै एन्फा कम्लेक्स पुगेको थियो ।
सरकारले पनि उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।