सर्वसम्मतमा तरुण दलको नेतृत्व चयन
काठमाडौँ, १ मंसिर । पोखरामा जारी नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । शीर्ष नेताबीच भागबण्डका आधारमा तरुण दलको पदाधिकारी चयन गरिएको हो ।
पार्टी निर्देशक समितिले पत्रकार सम्मेलनमार्फत तरुण दलको अध्यक्षमा देउवा निकट जितजंग बस्नेत, उपाध्यक्षमा सिटौला पक्षबाट उत्तम चापागाइँ, महासचिवमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भुपेन्द्रजंग शाही, कोषाध्यक्षमा नेता खुमबहादुर खड्का निकट विद्वान गुरुङ चयन गरेको जनाएको हो । संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्को बैठकले काठमाडौँमा तय गर्ने निर्देशक समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
