‘पेरिस मास्टर कप’ टेनिसको उपाधि मुर्रेलाई
एजेन्सी, १ मंसिर । विश्व नम्वर एक बेलायती खेलाडी एण्डी मुर्रेले ‘पेरिस मास्टर कप’ टेनिसको उपाधि जितेका छन् ।
गएराति भएको फाइनलमा क्रोएसियाका मारिन सिलिचलाई सोझो सेटमा पाखा लगाउँदै मुर्रेले उपाधी हात पारेका हुन् ।
विश्व नम्वर एक बनेपछि मुर्रेको यो पहिलो उपाधी हो ।
सर्वियाका नोभाक जोकोबिचलाई पछि पार्दै गत साता मात्रै शीर्ष स्थानमा उक्लिएका मुर्रेले मारिनलाई छ–तीन र छ–दुईको सोझो सेटमा पराजित गरेका हुन् । मुर्रेले यसै वर्ष विम्बल्डनको उपाधि र ओलम्पिकमा स्वर्ण पदक जितिसकेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१