एएफसी सोलिडारीटि कपको उपाधि नेपाललाई

भक्तपुर न्यूज

१ मंसिर २०७३ ५:०३

एएफसी सोलिडारीटि कपको उपाधि नेपाललाई

काठमाडौं, १ मंसिर । मलेसियामा सम्पन्न एएफसी सोलिडारीटि कपको उपाधि नेपालले हात पारेको छ ।हिजो भएको फाइनल खेलमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले उपाधीमाथि कब्जा गरेको हो ।
यो उपाधीसँगै नेपालले फुटबलमा नया ईतिहास रचेको छ । ६२ वर्षको फुटबल ईतिहासमा यो नेपालको पहिलो ठूलो सफलता हो ।
कुचिङस्थित सारावाक स्टेडियममा भएको खेलमा नेपालका लागि सुजल श्रेष्ठले ३०औँ मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुन्दर मौका गुमाएका थिए । नेपालले सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो तर थप गोल भने गर्न सकेन । त्यस्तै मकाउले पनि बराबरी गर्ने केही मौका गुमाएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुको कोजीले नेपालको जीतमा खुसी व्यक्त गर्दै अझ धेरै गर्न बाकी रहेको बताउनु भयो ।
कोजीले नेपाली टिम सम्हाले पछि पहिलो प्रतियोगीतामै उपाधी हात लागे पछि उनी भाग्यमानी प्रशिक्षक समेत साबित भएका छन् ।
मकाउका प्रशिक्षक आओ सानले समेत नेपाली टोलीलाई बधाई दिए । उनले शुरु देखि नै युवा खेलाडीलाई मैदानमा छिराएका थिए ।
योसँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेर ह्याट्रिक गरेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप र त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *