आज पाँचौं कर दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै
काठमाडौं, १ मंसिर । आज पाचौँ राष्ट्रिय कर दिवस । गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर, भन्ने नारासहित मनाउन लागिएको कर दिवसका अवसरमा सरकारले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गर्दैछ ।
त्यसअघि आन्तरिक राजस्व विभाग लाजिम्पाटबाट प्रभातफेरी निकालिएको छ । प्रज्ञाप्रतिष्ठान आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मंसिर एक गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको हो ।
विभागले ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको विभागले जनाएको छ । गतवर्ष ४ खर्ब ७५ अर्ब राजस्व संकलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५