वर्तमान कर प्रणाली सन्तोषजनक : शर्मा
काठमाडौं, ३० कार्तिक । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक भएको बताएका छन् ।
पाँचौ राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आज काठमाडौंमा आयोजित कार्यक्रममा महानिर्देशक शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक रहेको भन्दै करदाताहरुको संख्या पनि वृद्धि भैरहेको बताएका हुन् ।
उनले कर कार्यालय अहिले ३० जिल्लामा फैलिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई ७५ वटै जिल्लामा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश कुमार अग्रवालले संसारभरि नै करको महत्व अत्यन्तै प्रभावकारी रहेको भन्दै नेपालमा पनि यसको महत्व रहेको बताए ।
त्यस्तै कर विश्लेषक डा. रुप खड्काले कर तिर्ने कुरा महत्वपूर्ण भएको भन्दै करदाताहरुको सहभागिता बढाउनुपर्ने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ असोज २०८१ १६:२०
फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा प्रवेश
२१ असोज २०८१ १६:३०
लुम्बिनी विकास बैंकले जित्यो वेष्ट बैंक नेपालसहित पाँच उपाधि
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२१ असोज २०८१ १६:०४