चितवन क्यान्सर अस्पतालमा फजुल खर्च

भक्तपुर न्यूज

३० कार्तिक २०७३ ११:०८

चितवन क्यान्सर अस्पतालमा फजुल खर्च

काठमाडौं, ३० कार्तिक । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विभिन्न नाममा फजुल खर्च हुने गरेको पाइएको छ ।
अस्पतालले चाडवाडका नाममा ठूलो रकम खर्च गरेको पाइएको हो । यस वर्षको दसैं, तिहार र विश्वकर्मा पूजामा मात्र प्रसादका लागि भन्दै अस्पतालले एक लाख ९५ हजार पाँच सय ७७ रुपैयाँ खर्च भएको छ ।
अस्पताल परिसरमा रहेको जलदेवीको मन्दिरमा पूजा गर्नका लागि उक्त खर्च भएको अस्पताल प्रसासनको भनाइ छ । पूजा र प्रसाद शीर्षकमा कर्मचारीका लागि एक लाख २५ हजार, सुरक्षागार्डका लागि ३० हजार, सवारी पूजाका लागि २० हजार र विश्वकर्मा पूजा गर्न चालकलाई २० हजार ५ सय ७७ रुपैयाँ दिएको छ ।
गत वर्ष भने उक्त पूजाका लागि ८७ हजार पाँच सय रुपैयाँ खर्च भएको थियो । उता अस्पतालका कार्यकारी निर्देशक डाक्टर चीनबहादुर पुनले भने उक्त खर्च भएको आफूलाई जानकारी नभएको भन्दै अनावश्यक खर्च भएको भए समिति बनाएर छानविन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *