मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड

भक्तपुर न्यूज

३० कार्तिक २०७३ १०:५८

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड

काठमाडौं, ३० कार्तिक । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन । इन्जिनियरिङ संकायका विद्यार्थीले विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन ।
बिभिन्न माग राखी आन्दोलन गरिरहेको विद्यार्थीले आज दिउँसो सवा १२ बजेतिर कार्यालय र उपकुलपति निवासमा तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ । विस्तारित कार्यालय र निवासमा प्रवेस गरी विद्यार्थीले कुर्सी, टेवल र उपकुलपति चढने गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरुले कार्यालय र निवासमा तोडफोड गर्न थालेपछि वाथरुममा नुहाईरहेका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई कर्मचारीले बाहिरवाट ताला लगाएर बचाएको जानकारी दिएका छन । एक कर्मचारीले भने विद्यार्थीहरु तोडफोड गदै भित्र पसेपछि उपकुलपतिलाई केही गर्छन कि भन्ने डरले ताला लगायौ । ताल लगाएपछि उनीहरुले कार्यकक्षका कुर्सी, टेवलहरु तोडफोड गरे ।
उपकुलपति कोइरालाले मागहरु पुरा हुने डरले केही विद्यार्थीले कार्यालयमा तोडफोड गरेको बताए । यो आन्दोलन विश्वविद्यालय सुधारको लागि हैन, यो अवरोध गर्नको लागि मात्रै हो । तोडफोडमा इन्जिनियरिङ संकायका केही विद्यार्थीको मात्रै संलग्नता रहेको उपकुलपति कोइरालाले दावी गरे ।
इन्जिनियरिङ संकायका विद्यार्थीको माग यस्तो छ :-
परिक्षा समितिले गरेको निर्णय अनुसार सेमेस्टर परिक्षामा ५० प्रतिशत अनुर्तीण विद्यार्थीलाई पुनः परिक्षामा सामेल हुन नपाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, उत्तरपुस्तिका परिक्षण गर्दा सम परिक्षणको व्यवस्था हुनुपर्ने, इन्जिनेरिङ्ग संकायमा अनुभवि र पूर्णकालिन शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रत्येक वर्ष १० प्रतिशतका दरले बृद्धि भैइरहेको शैक्षिक शुल्क खारेज गर्नु पर्ने लगायतका माग रहेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *