भक्तपुरमा सकिमना पुन्हिँ मनाईयो (फोटो फिचर)
भक्तपुर, ३० कार्तिक । कार्तिक पुर्णिमा अर्थात नेपाल भाषामा सकिमना पुन्हिँ महादेवको दर्शन गरि मनाईएको छ । यो दिन भक्तपुरका भक्तजनहरु आशापुरी महादेव, यातु महादेव, केदारनाथको शिर डोलेश्वर महादेव, चाँगुनारायण लगायतका मन्दिरहरुमा गई दर्शन गर्न जाने चलन रहेको छ ।
यो दिनमा बिहान पिँडालु, सखरखण्ड, गहँु, भटमास, मकै भुटेर देवीदेवतालाई चढाएर खाने गरिन्छ । त्यस्तै साँझ प्रत्येक टोल टोलमा मन्दिरको अगाडि पिँडालु, सखरखण्ड, पुरी, मालपा, गहँु, भटमास, मकैले बिभिन्न देवी देवता र मन्दिरहरुको चित्र बनाई प्रदर्शन गरिन्छ । यस्तो प्रकारको कार्यलाई नेपाल भाषामा “नःसा ब्वोयगु” भने गरिन्छ । करीव ४÷५ घण्टाको प्रदर्शनपछि भजन किर्तन सकाएर यी खानेकुरा सबै मिसाई टोलमा सबैलाई प्रसाद दिने चलन छ ।








प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
