प्रधानसेनापति क्षेत्रि आज बंगलादेश जादै
काठमाडौं, ३० कार्तिक । प्रधानसेनापति राजेन्द्र क्षेत्रि आज बंगलादेशको ढाका प्रस्थान गर्दै छन् । बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको औपचारिक निमन्त्रणामा आजदेखि छ दिने बङ्गलादेशको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
प्रधानसेनापतिले बङ्गलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उनले बङ्गलादेश नेसनल डिफेन्स कलेज लगायत अन्य सैनिक एकाइ तथा संरचनाको अवलोकन भ्रमण गर्ने छन् । प्रधानसेनापतिको भ्रमण दलमा उनकी श्रीमती रीता, सुदूरपश्चिम पृतनापति दीपकप्रसाद भारती, प्रधान सेनापतिका सैनिक सहायक सहित आठ जनाको रहेका छन् ।
प्रधानसेनापति क्षेत्रि जेट एयरको विमानबाट ढाका जाने कार्यक्रम रहेको छ । भ्रमण सकेर उनी आगामी मंसिर ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।