एएफसी सोलिडारिटी कपको उपाधीको लागि नेपाल र मकाउ भिड्ने

भक्तपुर न्यूज

२८ कार्तिक २०७३ ९:०९

एएफसी सोलिडारिटी कपको उपाधीको लागि नेपाल र मकाउ भिड्ने

काठमाडौं, २८ कार्तिक । मलेशियामा जारी एएफसी सोलिडारिटी कपको उपाधीको लागि नेपाल र मकाउ भिड्ने भएका छन् ।
हिजो भएको पहिलो सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० र दोस्रो सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ५–४ ले हराएर उपाधीको लागि प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा १७ औं मिनेटमा गोल गरेको लाओसले अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा विमल घर्ती मगरले गोल गरि खेललाई बराबरमा ल्याएका थिए ।
दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो । बराबर पछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ अग्रता दिलाए । तर, खेलको अन्त्यतिर नेपालले गोल खानपुग्यो ।
खेलमा २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो ।
९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो ।
टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।
उपाधी भीडन्त आगामी मंगलबार हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *