बन्दले जनजीवन प्रभावित

भक्तपुर न्यूज

२८ कार्तिक २०७३ ८:३८

बन्दले जनजीवन प्रभावित

काठमाडौं, २८ कार्तिक । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । सार्बजनिक गाडीहरु नचल्दा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
बन्दका कारण उपत्यकामा भाडाका सवारी साधन चलेका छैनन् । प्रेस, अस्पताल, दूध, तरकारी बोक्ने र अत्याबश्यक सवारी साधन भने निर्वाध चलेका छन् ।
सधैंजसो गाडीको जाम हुने काठमाडौं उपत्यकाका सडकहरु आज सुनसान छन् । गाडी चढ्न नपाएपछि आफ्ना गह्रुंगा झोला बोकेर कष्टपूर्ण तरिकाले हिँड्न सर्बसाधारण बाध्य छन् ।
चार पांग्रे गाडीहरुको तुलनामा मोटरसाइकलहरु भने चलिरहेका छन् । आफूसँग सवारी साधन नभएकाहरु र हिँडेर गन्तव्यमा पुग्न नसक्नेहरुले रिक्साको सहारा लिएका छन् ।
बन्दमा अप्रिय घटना हुनसक्ने भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । माओवादीले महंगी कालोबजारी र भ्रष्टाचार नियन्त्रणको माग राख्दै बन्द आब्हान गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *