पाकिस्तानमा धार्मिक स्थलमा विस्फोट हुँदा ४३ को मृत्यु

भक्तपुर न्यूज

२८ कार्तिक २०७३ ८:१३

पाकिस्तानमा धार्मिक स्थलमा विस्फोट हुँदा ४३ को मृत्यु

एजेन्सी, २८ कार्तिक । पाकिस्तानको बलुचिस्तानस्थित एक धार्मिक स्थलमा विस्फोट हुँदा ४३ जनाको मृत्यु भएको छ ।
बलुचिस्तान प्रान्तस्थित दुर्गम कुजदर जिल्लामा सुफी सन्त शाह नूरानीको समाधिस्थलमा गरिएको हमलामा सय भन्दा बढि घाइते भएका छन् ।
हिजो बेलुका ६ बजेतिर सैयौं सुफी धर्मावलम्वीहरुले धमाल भनिने नृत्यमा भाग लिइरहेका बेला बम विष्फोट भएको हो ।
आफुलाई इस्लामिक स्टेट समूहसंग आबद्ध बताउने एक सुन्नी उग्रवादी समूहले विष्फोटको जिम्मा लिएको छ । इस्लामिक स्टेटले नाचगान गर्ने जस्ता काम इस्लाम विरोधी भएको भन्दै सुफी धर्मावलम्वीहरुलाई निशाना बनाउने गरेको छ ।
यसैबीच प्रधानमन्त्री नवाज शरीफले हमलाको निन्दा गरेका छन् । अर्का विपक्षी राजनीतिज्ञ इमरान खानले हमलाले समाजको मुटुलाई नै लक्षित गरेको बताएका छन् । गत जुन महिनामा पनि कराँचीमा एकजना प्रसिद्ध सुफी गायक अमजद साबरीको गोली हानी हत्या गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *