कोरियामा राष्ट्रपतिको राजीनामा माग बृहत प्रदर्शन
एजेन्सी, २८ कार्तिक । दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति पार्क गुन हेको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन गरेका छन् ।
राष्ट्रपतिले उनकी साथी चोय सुन सीललाई अधिकार बिना सरकारी दस्तावेजमा पहुँच दिएको विरोधमा प्रदर्शन भएको हो । आयोजकहरुले हिजोको प्रदर्शनमा दश लाख मानिस सहभागि भएको दाबी गरेका छन् । प्रहरीले भने प्रदर्शनकारीको संख्या २ लाख ६० हजार रहेको बताएको छ ।
चोयमाथि दक्षिण कोरियाली कम्पनीहरुबाट ठूलो मात्रामा रकम असुल्ने प्रयत्न गरेको समेत आरोप लागेको छ । उनलाई शक्तिको दुरुपयोग गरेको र फर्जी काम गरेको आरोपमा गत हप्ता गिरफ्तार गरिएको थियो । जनसमर्थन घट्दै गएकी राष्ट्रपति पार्कले उक्त काण्डका कारण आफ्नो हृदय छियाछिया भएको प्रतिक्रिया दिएपछि प्रदर्शन थप उग्र बनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १३:२४
एक तोला सुनको मूल्य दुई लाख नजिक
९ वैशाख २०८२ १७:१७