कोलम्बियामा नयाँ शान्ति सम्झौता घोषणा

भक्तपुर न्यूज

२८ कार्तिक २०७३ ७:५१

कोलम्बियामा नयाँ शान्ति सम्झौता घोषणा

एजेन्सी, २८ कार्तिक । कोलम्बिया सरकार र फार्क बिद्रोहीले दोस्रो शान्ति सम्झौता घोषणा गरेका छन् । पहिलो शान्ति सम्झौता जनमत संग्रहबाट अस्वीकृत भएपछि दोस्रो सम्झौता घोषणा गरिएको हो ।
नयाँ शान्ति सम्झौतामा समाजका विभिन्न क्षेत्रले सुझाएका प्रस्तावहरुलाई समावेश गरिएको छ । बाउन्न वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको सम्झौता जनताले अस्वीकृत गरेपछि प्रस्तावित सम्झौता वामपन्थी विद्रोहीका लागि धेरै हदसम्म उदार ठानिएको छ ।
नयाँ सम्झौता सिधै मतदातामा लैजानु भन्दा अघि संसदले अनुमोदन गर्नुपर्ने बनाइएको छ । विपक्षी नेताहरुले भने नयाँ सम्झौता कार्यान्वयन हुनु अघि आफुहरुको सहमति नलिइए पारित हुन नदिने चेतावनी दिएका छन् ।
अघिल्लो शान्ति सम्झौताविरुद्ध अभियान चलाएका पूर्व राष्ट्रपति अलभ्येरो उरिबे पनि पछिल्लो शान्ति सम्झौताको लागि भएको वार्तामा सहभागी थिए ।
यसअघि गत सेप्टेम्बरमा भएको शान्ति सम्झौताका लागि राष्ट्रपति हुवान म्यानुअल सान्टोसले नोबेल शान्ति पुरस्कार पाएका थिए । तर सम्झौतालाई अक्टोबर २ का दिन भएको जनमत संग्रहमा मतदाताहरुले अस्वीकार गरिदिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *