काठमाडौं नौदेखि एघार स्थानीय तह बन्ने

भक्तपुर न्यूज

२८ कार्तिक २०७३ ७:२४

काठमाडौं नौदेखि एघार स्थानीय तह बन्ने

काठमाडौं, कातिक २८ गते । काठमाडौं जिल्लामा ९ देखि ११ वटाको स्थानीय तह बन्ने भएको छ । जिल्ला प्राविधिक सहयोग समिति काठमाडौंले ९ देखि ११ वटा स्थानीय तह बनाउने विकल्प सहितको प्रस्ताव आयोगमा बुझाएको हो ।
स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौंमा ८ देखि ११ वटा स्थानीय तह बनाउने संख्याको सीमा दिएको थियो । एउटै विकल्पमा सर्वसम्मत हुन नसकेपछि प्राविधिक सहयोग समितिले दुईवटा विकल्प सहितिको प्रस्ताव आयोगमा बुझाएको हो ।
एक नम्बरको विकल्पमा हाल जिल्लामा कायम ११ वटा नगरपालिकालाई यथावत राखी नगरपालिकाको केही वडालाई मात्र सीमाङ्कन गर्ने, जसमा शंकरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, तारकेश्वर, नाजारजुन, चन्द्रागिरी, दक्षिणकाली, किर्तिपुर र काठमाडौं महानगरपालिका कायम राख्दै केही नगपालिकाको वडाहरु सीमाकंन गर्ने जिल्ला प्राविधिक सहयोग समिति काठमाडौंले जनाएको छ ।
त्यस्तै अर्को विकल्पमा हाल कायम रहेका नगरपालिका मध्ये शंखरापुर र दक्षिणकाली नगरपालिकामा आयोगले तोकेको मापदण्ड अनुरुपको जनसंख्या अपुग हुने यी दुईवटा नगरपालिकालाई क्रमशः कागेश्वरी मनोहरा र किर्तिपुर नगरपालिकामा मिलाई काठमाडौंमा कुल ९ वटा नगरपालिका कायम गर्ने विकल्प तयार गरिएको छ ।
शंकरापुर र कागेश्वरी मनराह, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, तारकेश्वर, नागारजुन, चन्द्रागिरी, दक्षिणकाली र कितिृपुर र काठमाडौं महानगरपालिका कायम गरिने विकल्प तयार भएको प्राविधिक समितिका संयोजक एवं काठमाडौंका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । उक्त विकल्पमा केही राजनीतिक दलको असहमति रहेको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *