भारतीय थल सेनाध्यक्ष सिंह नेपाल आउँदै

भक्तपुर न्यूज

२६ कार्तिक २०७३ ५:२७

भारतीय थल सेनाध्यक्ष सिंह नेपाल आउँदै

काठमाडौं, २६ कार्तिक । भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सेनाध्यक्ष सिंह नेपाली सेनाको मानार्थ महारथी पनि हुनुु्। नेपाल र भारतबीच एकअर्का मुलुकका सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रही आएको छ । उनले यस अघि २०७१ साल कात्तिकमा पनि नेपालको औपचारिक भ्रमणमा गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँणसँग नेपाल भ्रमणको क्रममा उनले शिष्टाचार भेट गर्ने छन् ।
सेनाध्यक्ष सिंहले नेपाली सेना र भारतीय सेनाबीच रुपन्देहीको सालझण्डीमा कातिक १५ देखि सञ्चालन भइरहेको संयुक्त अभ्यास ‘सूर्य किरण’को निरीक्षण पनि गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *