ओवामा ट्रम्प भेट

भक्तपुर न्यूज

२६ कार्तिक २०७३ ५:११

ओवामा ट्रम्प भेट

एजेन्सी, २६ कार्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामाले नयाँ राष्ट्रपति पदमा भर्खरै निर्वाचित डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेटेका छन् । मंगलबार भएको चुनावमा अप्रत्याशित रुपमा विजयी भएपछि ट्रम्पको पहिलो पटक राष्ट्रपति ओबामासंग भेट भएको हो ।
भेटमा दुबै बीच सत्ता हस्तान्तरण लगायतका विषयमा वार्ता भएको हो । राष्ट्रपति ओबामाले नव निर्वाचित राष्ट्रपति ट्रम्पसंग घरेलु, विदेश नीति लगायत व्यापक विषयहरुमा छलफल भएको बताए ।
ट्रम्पले शुरुमा छोटो समयका लागि भनिएको भएता पनि आफुहरुबीच झण्डै डेढ घन्टा कुराकानी भएको बताए । आफ्नी श्रीमती मेलानीलाई लिएर ट्रम्प हिजो ह्वाइट हाउस गएका थिए । मेलानीले अमेरिकी प्रथम महिला मिशेल ओबामालाई भेटेकी थिइन ।
यसअघि मंगलबार राती नै ओबामाले ट्रम्पलाई फोन गरेर बधाई दिएका थिए । दुबैजनाले कुर्सीमा बसेरै संवाददाताहरुसंग कुराकानी गरेका थिए । चुनावी अभियानका क्रममा ट्रम्पले राष्ट्रपति ओबामाका कैयौं चर्चित नीतिहरु उल्टयाइदिने बताएका थिए । आउँदो जनवरी महिनाको पहिलो सातादेखि मात्रै ट्रम्पले नयाँ जिम्मेवारी सम्हाल्नेछन । ओबामाले आफ्नो डेमाक्याट पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनलाई आफ्नो उत्तराधिकारीको रुपमा हेर्न चाहेका थिए । हिलरीको चुनाव प्रचार अभियानमा बोल्दै ओबामाले ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न योग्य नरहेको बताएका थिए । ट्रम्पले आफु राष्ट्रपतिमा चुनिए ओबामा केयर पनि भनिने ओबामाले ल्याएको स्वास्थ्य बीमा नीति लगायत अरु सन्धि, संझौताहरुलाई उल्टाइदिने घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *