भारतमा भारु पाँच सय र हजारका नोटहरु साट्ने उपभोक्ताका भीड

भक्तपुर न्यूज

२६ कार्तिक २०७३ ५:०६

भारतमा भारु पाँच सय र हजारका नोटहरु साट्ने उपभोक्ताका भीड

एजेन्सी, २६ कार्तिक । भारत सरकारले चलनचल्तीमा रहेका भारु पाँच सय र हजारका नोटहरु अकस्मात बन्द गरेपछि भारतका बैकहरु बाहिर पुरानासँग नयाँ साट्ने उपभोक्ताका भीड लाग्न थालेको छ । आँफुसँग रहेका नचल्ने नोट जसरी पनि साट्न बैंक पुगेका उपभोक्ताहरुलाई कैयौं बैंकले आफुसँग नोट सकिएको जानकारी दिएका छन ।
भारतका कैयौं भागमा आक्रोशित लाइन व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ । मुम्बई र दिल्लीका बैंक बाहिर पैसा साट्न चाहने उपभोक्ताहरुको अस्तव्यस्त दृश्यहरु देखिएका छन् । नयाँ दुइ हजारका र पाँच सय रुपैयाका नयाँ नोटहरु पुराना नोटको सट्टामा दिइएको हो ।
सरकारले भष्टाचार नियन्त्रण गर्न र नक्कली नोट नियन्त्रण गर्न पाँच सय र हजार रुपैयाँका नोटहरु फिर्ता लिने निर्णय गरेपछि उपभोक्ताको बैंकमा लाइन लागेको हो । यसले जीवन निर्वाहका लागि नगदमा व्यवहार गर्ने शहरमा रहेका गरिब र साना व्यापारीहरुलाई मुश्किल पारेको छ ।
सरकारले एटीएमबाट नगद निकाल्न पनि सीमा तोकेको छ । कालो धन भनिने कतै गणनामा नआउने रकम व्यवस्थापन गर्न यस्तो निर्णय गरेको बताइएको छ । चलनचल्तीका नोट हठात बन्द गरेर लुकाएर राखिएको पैसा प्रयोगमा आउन नदिने र करको दायरामा ल्याउने लक्ष्य छ । बैंकले केही हजार रुपैयाँ साट्ने तर साढे दुइ लाख भन्दा बढि रुपैँया जम्मा गर्नेहरुको पैसाको श्रोत खोज्ने बताइएको छ ।
सरकारी निर्देशन अनुसार नोभेम्बर २४ तारिखसम्म हरेक दिन ४ हजार रुपैया साट्न मिल्छ । सटही व्यवस्था डिसेम्बरको अन्त्यसम्म मिल्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *