एएफसी सोलिडारिटी कपको सेमिफाइनल समिकरण पूरा

भक्तपुर न्यूज

२५ कार्तिक २०७३ ९:४१

एएफसी सोलिडारिटी कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं, २५ कार्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कपको सेमिफाइनल समिकरण पूरा भएको छ । नेपालले लाओससँगै ब्रुनाई र मकाउले सेमिफाइनलमा भिड्न लागेका हुन् । समूह ए नेपाल विजेता र ब्रुनाई उपविजेता तथा समूह बी बाट मकाउ विजेता र लाओस उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । ।
समूह ‘बी’ को अन्तिम खेलमा हिजो मंगोलियामाथि ३–० को जित निकाल्दै लाओसले सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
अर्को खेलमा श्रीलंका र मकाउले १–१ को बराबरी खेलेता पनि मकाउ यस अघि नै सेमिफाइनलमा पुगि सकेको थियो ।
फाइनल प्रवेशको लागि नेपाल र लाओसबीचको खेल शनिबार नेपाली समयअनुसार दिउँसो सवा २ बजे हुनेछ । त्यस्तै अर्काे सेमिफाइनल खेल मकाउ र ब्रुनाईबीच साँझ सवा ७ बजे हुनेछ ।
७ टोली सहभागी प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *