चाँडै पार्टी एकता : राणा

भक्तपुर न्यूज

२५ कार्तिक २०७३ ९:००

चाँडै पार्टी एकता :  राणा

पाँचथर, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन् ।
पाँचथरको फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राणाले दुवै पक्षबाट संवाद अघि बढाएर छिट्टै पार्टी एकता टुङ्ग्याउने बताएका हुन् ।
संविधान संशोधन गरेर अहिलेकै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिएका राणाले मधेसी, आदिवासी÷जनजातिका माग सम्बोधन गर्दै मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने पनि बताए ।
उनले अंगीकृत नागरिकलाई संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको पनि प्रस्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *